चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन – Nepal Press

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

काठमाडौं । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्द्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ ।

उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिए र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर