मलाईकाका पूर्वपति अरबाज खान र जर्जियाको ब्रेकअप – Nepal Press

मलाईकाका पूर्वपति अरबाज खान र जर्जियाको ब्रेकअप

काठमाडौं । बलिउड अभिनेता अरबाज खान र मोडल तथा अभिनेत्री प्रेमिका जर्जिया एन्ड्रियानीको ब्रेकअप भएको छ । हालै आएको एक अन्तर्वार्तामा जर्जियाले अरबाजसँगको सम्बन्ध राम्रो नभएको र उनी प्रेमीभन्दा पनि असल साथी मात्र भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘जब विवाहको कुरा आउँछ तब इमानदारीपूर्वक सोच्नुपर्छ । लकडाउनले हामीलाई सोच्न बाध्य बनायो । लकडाउनले मानिसलाई कि सँगै बनाएको छ की अलग्याएको छ । हामी दुवै धेरै मिल्ने साथी हौं । मेरो र अरबाजको विवाहको कुनै योजना छैन । र मैले त्यो दिशामा सोचेको पनि छैन ।’

जर्जियाको यो भनाइ सार्वजनिक भएदेखि नै मानिसहरूले दुई अलग भएको अनुमान गरिरहेका छन् ।

विगत चार वर्षदेखि डेट गर्दै आएका अरबाज र जर्जियाबीच २२ वर्षको उमेर अन्तर छ । मलाईकासँगको सम्बन्धविच्छेदपछि अरबाज २०१७ देखि जर्जियासँग डेट गरिरहेका छन् । पछिल्लो पाँच वर्षमा दुवै पटक पटक मिडियामा सँगै देखिएका छन् । दुवैको विहेको चर्चा बारम्बार हुने गरेको छ । दुवैले आफ्नो सम्बन्धलाई लिएर मौन रहेतापनि अहिले भने दुवै अलग भएको खबर भारतीय सञ्चारमाध्यमहरुबाट आइरहेको छ । इटाली घर भएकी जर्जियाले साउथ र बलिउड फिल्ममा काम गरिसकेकी छन् ।

सलमान खानका भाइ अरबाज खानले सन् १९९८ मा अभिनेत्री मलार्ईका अरोरासँग विवाह गरेका थिए । विवाह गरेको १९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गरे । उनीहरूको एक छोरा पनि छन् । मलाईका र अरबाज पुत्र अरहान खान अहिले बलिउडमा डेब्युको तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर