नेपाली मूलकी चेली परिजिता बाँस्तोला ‘द भ्वाइस’ को सेमिफाइनलमा – Nepal Press

नेपाली मूलकी चेली परिजिता बाँस्तोला ‘द भ्वाइस’ को सेमिफाइनलमा

काठमाडौं । टीभी रियालिटी शो ‘द भ्वाइस’ मा एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ बोलको गीत गाएकी नेपाली मूलकी चेली परिजिता बाँस्तोला अन्तिम आठमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान प्रशारित भएको अमेरिकी संस्करणको टीभी रियालिटी शोमा परिजिता सेमिफाइनलमा प्रवेश गरेकी हुन्।

शोबाट दुई जना बाहिरिएसँगै परिजिता अन्तिम आठमा प्रवेश गरेकी हुन्। आफ्नो टिमबाट सेमिफाइनलमा प्रवेश गरेका सम्पूर्ण प्रतिस्पर्धीसँग कोच जोन लिजेन्डले नृत्य पनि गरेका थिए ।

सेमिफाइनलमा प्रवेश गरेपछि परिजिताले एक भिडियो सन्देश जारी गरेकी थिइन्। उक्त भिडियोमा उनले आगामी प्रतिस्पर्धा कठिन हुने बताउँदै आफूलाई सक्दो भोट गर्न अपील गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर