सुनसरी ४ को गणना अन्तिमतिर : मन्त्री कार्कीलाई बराह १० को भर, जगदीशलाई कोसी ६ को आश – Nepal Press

सुनसरी ४ को गणना अन्तिमतिर : मन्त्री कार्कीलाई बराह १० को भर, जगदीशलाई कोसी ६ को आश

विराटनगर । मंसिर ४ मा चुनाव भएका प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये गणना भइरहेकामा सुनसरी क्षेत्र नम्बर ४ को मात्रै परिणाम आउन बाँकी छ ।

यहाँ गठबन्धनबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैत मैदानमा छन् । तीन दिन रोकिएर सुरू भएको सो क्षेत्रको गणनामा कार्की र कुसियैतको उछिनपाछिन चलिरहेको छ ।

मतगणना स्थगित हुनुभन्दा केही घण्टाअघिबाट अग्रता लिएका कार्की अहिले झिनो मतले अगाडि छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार उनले २४५ मतले लिड गरेका छन् । भोक्राह ७ र बराहको ११ नम्बर वडाको गणना जारी हुँदा कार्कीसँग कुसियैतको मतान्तर साँघुरिदै गएको छ ।

अब सो क्षेत्रमा बराह १० र कोसी ६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ ।

३२ वडामध्ये २८ वटा वडाको गणना सकिँदा कार्कीले २६ हजार ९९८ मत प्राप्त गरेका छन् । एमालेका जगदीशको २६ हजार ७५३ मत छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार अहिले बराह ११ र भोक्राह नरसिंह ७ को दुई वटा वडाको ५ हजार ६९४ गणना भइरहेको छ । गन्न बाँकी कोसी- ६ र बराह- १० मा ५ हजार ८ सय १८ मत खसेको छ ।

स्थानीय तहको निर्वाचनअनुसार बराह क्षेत्र १० मा कांग्रेसले २३५३ मत पाएको थियो । भने एमालेले ७३२ मत पाएको थियो ।

कोशी ६ मा भने जसपाले ९२५ र एमालेले ६५३ मत पाएको थियो । सो वडामा कांग्रेसले ४१६ मत पाएको थियो । सुनसरी ४ मा एमाले-जसपा गठबन्धन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर