प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो – Nepal Press

प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

मधेसमा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार प्रदेश १ मा १८ लाख २ हजार ९०७ मत गणना सकिएको छ ।

त्यहाँ एमालेले ६ लाख २९ हजार ८८५ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसले ५ लाख २९ हजार ८९६ मत ल्याएर दोस्रो स्थानमा छन् ।

नेकपा माओवादी केन्द्रलाई उछिनेर राप्रपाले १ लाख ९० हजार ६०४ मत ल्याउँदा माओवादी १ लाख ७७ हजार २६१, जसपा ५८ हजार ५११, नेकपा (एकीकृत समाजवादी) ५४ हजार ६८७ मत ल्याएका छन् ।

तर, अन्य छ प्रदेशमा एमालेले लिड गरेपनि मधेस प्रदेशमा भने सुरुवाती चरणदेखि नै कांग्रेसले अग्रता लिएको छ । १९ लाख ३० हजार ४५६ मत गन्दा कांग्रसले ३ लाख ७३ हजार ९६६, एमालेले ३ लाख ३७ हजार ८५६, जनमत पार्टीले २ लाख ८५ हजार ७९२ मत ल्याएको छ ।

जसपाले २ लाख ७३ हजार २७८, माओवादीले १ लाख ७३ हजार ३०२, नेकपा एस १ लाखा ५ हजार ५९२, लोसपाले १ लाख ३ हजार २६३ र राप्रपाले ६३ हजार ४७२ मत ल्याएको छ।

यस्तै, वागमती प्रदेशको १८ लाख २८ हजार ४५८ मत गणना गर्दा एमालेले ५ लाख ५४ हजार १००, नेपाली कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादीले २ लाख ६९ हजार २१५, राप्रपाले २ लाख ६६ हजार ५२४, नेपाल मजदुर किसान पार्टीले ६७ हजार ३१ मत ल्याएको छ ।

नेकपा एस ६३ हजार ५११ मत ल्याउँदा राप्रपाले ६३ हजार ४७२ ल्याएको छ ।

गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९ मत गन्दा एमालेले एमाले ३ लाख ४० हजार ५३३ मत ल्याएर लिड गरिराखेको छ ।

यहाँ कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादीले १ लाख १५ हजार ३६६, राप्रपाले ५७ हजार ११६, हाम्रो नेपाली पार्टी १८ हजार ४६६, राष्ट्रिय जनमोर्चाले १४ हजार ७९३ र नेकपा एसले १४ हजार ६९७ मत ल्याएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गन्दा एमालेले ५ लाख ७० हजार ९२१, काँग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५० मत ल्याएको छ ।

यहाँ राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१ मत ल्याएको छ ।

यस्तै, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ मत गन्दा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ मत ल्याएको छ ।

सूदूरपश्चिम प्रदेशमा ८ लाख २७ हजार मत गन्दा ३३० एमालेले २ लाख ४५ हजार ५१०, कांग्रेसले २ लाख ३९ हजार ९१७, माओवादीले १ लाख १८ हजार १८ मत ल्याएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले ९७ हजार २९०, राप्रपाले ४२ हजार १५४ र नेकपा एसले ४१ हजार २८९ मत ल्याएको छ ।


प्रतिक्रिया

One thought on “प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

  1. माओवादी र एस काँग्रेसको भोटले सुन्निएका हुन् । अझ एसको हकमा त भारतले काँग्रेसलाई विशेष निर्देशन नै दिएको थियो कि कुनै हालतमा एसका नेतालाई भोट हाल्नु भनेर । भारतको डिजाईनमा एमालेलाई कमजोर पार्न नै ठगबन्धन बनेको हो । अब पनि ठगबन्धनमा सिके राउत, प्रभु साह लगायत मिसियर सरकार बन्छ । सिके र प्रभु पनि लैनचौरका एजेण्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर