मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु – Nepal Press

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ हात्तीसुडे बजार क्षेत्रमा भएको दुर्घटनामा २८ वर्षका एकजना युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको प्रहरीले जनाएको छ ।

गएराति धरान चतरा सडकखण्ड अन्तर्गत हात्तीसुँडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडकको नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका लामालाई उपचारको लागि हेटौंडा स्थित चुरेहिल अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *