अष्ट्रेलिया भ्रमण सकेर भूमिकासँगै नेपाल फर्किए प्रकाश दूतराज – Nepal Press

अष्ट्रेलिया भ्रमण सकेर भूमिकासँगै नेपाल फर्किए प्रकाश दूतराज

काठमाडौं । गायक प्रकाश दूतराज र गायिका भूमिका गिरी अष्ट्रेलियाको सांगीतिक यात्रा सकेर नेपाल फर्किएका छन् । उनीहरू करिब एक महिना अष्ट्रेलियाका विभिन्न सहरमा सांगीतक कार्यक्रममा सहभागी भएका थिए ।

अष्ट्रेलियामै रहेका बेला दूतराजले आत्महत्या प्रयास गरेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए । प्रकाशसँगै रहेकी भूमिकाले उक्त खबर मिडियाहरूलाई दिएकी थिइन् । पछि उनीहरू दुवैले समाचारको घुमाउरो खण्डन गरे ।

प्रकाश र भूमिका ‘चोली मैलै भो…’ बोलको गीतबाट चर्चामा आएका हुन् । प्रकाशका भने अरु पनि थुप्रै हिट गीत छन् ।

यो पनि पढ्नुहोस्:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *