पहिलो हाफमा नेदरल्यान्ड्स र सेनेगल १-० गोलले अगाडि – Nepal Press

पहिलो हाफमा नेदरल्यान्ड्स र सेनेगल १-० गोलले अगाडि

दोहा । कतार विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा अहिले नेदरल्यान्ड्सले कतार र सेनेगलले इक्वेडरसँग खेलिरहेको छ।

पहिलो हाफको समाप्तीमा नेदरल्यान्ड्स र सेनेगल १-० गोलले अगाडि रहेका छन्। कतारविरुद्ध नेदरल्यान्ड्सले २६ औँ मिनेटमा अग्रता लिएको थियो। कोडी गाक्पोले २६ औँ मिनेटमा गोल गरेका हुन्। यस्तै इक्वेडरविरुद्ध सेनेगलले ४४ औँ मिनेटमा अग्रता लिएको छ।

समूह एमा २ खेलबाट नेदरल्यान्ड्स र इक्वेडरको चार चार तथा सेनेगलको तीन अंक रहेको छ। यी खेल जितेको अवस्थामा नेदरल्यान्ड्स र सेनेगल दुवै प्रिक्वाटरफाइनल पुग्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *