पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह – Nepal Press

पत्रकार राईको मुद्दा काउन्सिललाई जिम्मा दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासघ र प्रेश काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै यो प्रेश काउन्सिलको अधिकार क्षेत्रभित्र पर्ने यसैअनुसार हेरिदिन आग्रह गरेको छ । मंगलबार सरकारी वकिलको कार्यलय बबरमहल पुगेर सहन्यायधिवक्ता अच्यूचकृण न्यौपानेलाई भेट्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, काउन्सिल सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरीलगायतले यस्तो आग्रह गरेक हुन् ।

भेटमा उनीहरुले पत्रकार राईको मिडिया आधिकारिक रुपमा प्रेश काउन्सिलमा दर्ता भएर सञ्चालनमा रहेको तथ्य राख्दै आधिकारिक ढंगबाट सञ्चालित मिडियामा आएको सामाग्रीलाई लिएर प्रहरीले कारबाही अघि बढाउनु उचित नभएको बताए । ‘मिडियामा आएको कन्टेन्टको विषयमा चित्त नबुझेमा त्यसविरुद्धको समाधान खोज्ने बाटो प्रेस काउन्सिल हो’, भेटमा काउन्सिल अध्यक्ष बस्नेतले भने, ‘काउन्सिलले गरेको कार्वाही चित्त नबुझे अदालती प्रक्रियामा जाने वा अन्य निकायमा जाने बाटो खुला छ । तर यस्तो कानुनी व्यवस्था विपरीत साईबर क्राईम अन्तर्गतको कानून लगाएर पत्रकारहरुलाई तर्साउन खोजिराखिएको छ । यस्तो हुनु राम्रो हैन ।’

भेटमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पछिल्लो पटक साईबर क्राइमअन्तर्गतको कानुन लगाएर पत्रकारहरुलाई श्रृङ्लावद्ध पक्राउ गर्ने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै यसले देशको लोकतान्त्रिक व्यवस्था र प्रेस स्वतन्त्रतामाथि नै आघात पुग्ने बताए । बस्नेतले काउन्सिलले उचित कार्वाही गरेपछि गल्ति गर्ने पत्रकारहरु स्वयं पेशाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले जुनसुकै विषयलाई पनि साईवर क्राइमअन्तर्गत अघि बढाउनु उचित नभएको बताए ।

महासंघका महासचिव रोशन पुरीले पत्रकार गजेन्द्र राईको विषयमा प्रहरी संगठनभित्रैका एक अधिकृतको व्यक्तिगत रीसइवि पनि जोडिएको जानकारीमा आएको उल्लेख गर्दै एक जना व्यक्तिको कारण सिंगो संगठनलाई बद्नाम गराउनेगरी प्रहरी लाग्न नहुने बताए । काउन्सिल सदस्य पाण्डेले काउन्सिलले उचित कार्वाही गरेपछि गल्ति गर्ने पत्रकारहरु स्वयं पेशाबाट अलग्गिनु परेको तथ्यसमेत रहेको बताउँदै प्रहरीले काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने विषयलााई साईवर क्राइमअन्तर्गत अघि बढाउनु उचित नभएको बताए ।

पत्रकारका नेतृत्वदायी संस्थाहरुलाई जवाफ दिँदै सहन्यायधिवक्ता न्यौपानेले यसबो सम्पूर्ण विवरण आफू मातहत आएपछि मात्र केहि भन्न सकिने बताए ।

पत्रकार राईलाई आफैंले सञ्चालन गरेको अनलाईन पत्रिकामा प्रकाशित भएको समाचार र भिडियोकोे विषयलाई लिएर शुक्रबार प्रहरीको साईबर व्यूरोले घाइघाटबाट पक्राउ गरेको छ । हाल उनलाई साईबर व्यूरोले दरबारमार्ग प्रहरी कार्यलयको हिरासतमा राखेको छ । पत्रकार राईको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, किरात राई पत्रकार संघलगायतले विज्ञप्ति जारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर