स्याङ्जा २ र बाजुरामा मतगणना सुरु गर्न आयोगलाई कांग्रेसको पत्र – Nepal Press

स्याङ्जा २ र बाजुरामा मतगणना सुरु गर्न आयोगलाई कांग्रेसको पत्र

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्याङ्जा २ र बाजुरामा रोकिएको मतगणना प्रक्रिया अघि बढाउन आग्रह गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस्तो पत्र लेखेका हुन् । सबै मतपेटिकाहरु सुरक्षित रुपमा मतदान अधिकृतले प्रक्रियागत रुपमा बुझाइसकेको अवस्था देखिएका, कानुनी प्रक्रिया पूरा गरी कागजातसहित मतदान अधिकृतले ल्याएको मतपेटिकाहरु कांग्रेस, एमालेसमेतका प्रतिनिधिको रोहोवरमा निर्वाचन अधिकृतको कार्यालयले बुझी भरपाई गरिदिएको पृष्ठभूमिमा आयोगको छानबिन टोलीे त्यस क्षेत्रको सबै वा कुनै पनि निर्वाचन रद्द गराउन नसक्ने अवस्था देखिएको ठहर गर्दै कांग्रेसले गणन प्रक्रिया अघि बढाउन माग गरेको हो ।

कांग्रेसले स्याङ्जा २ र बाजुराको निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना अघि बढाउन पत्र लेखेको हो । त्यस क्षेत्रमा तनाव उत्पन्न भएपछि आयोगले छानबिनका लागि टोली गठन गरेको छ । कांग्रेसले यसको विरोध गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर