समानुपातिकमा सिला खोज्दा पनि भीष्म हारे, वसन्तको जित उल्ट्याउने प्रयास असफल – Nepal Press

समानुपातिकमा सिला खोज्दा पनि भीष्म हारे, वसन्तको जित उल्ट्याउने प्रयास असफल

काठमाडौं । अन्तिम मतगणना सकिएर ४७ मतको अन्तरमा विजयी घोषणा भएका नेकपा एमालेका वसन्त कुमार नेम्वाङको जितलाई उल्ट्याउने प्रयास असफल भएको छ । मत गणना सकिएर ४७ मतान्तरमा पाँचथरबाट प्रतिनिधि सभामा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्वेलाई वसन्तले पराजित गरेका थिए ।

तर कांग्रेसले सो परिणाम अस्वीकार गर्दै समानुपातिकको बाकसभित्र पनि प्रत्यक्षका मतपत्र भेटिएको भन्दै सबै गणना सकिएपछि मात्र आधिकारिक घोषणा हुनुपर्ने माग राख्यो । अन्यत्र भन्दा फरक ढंगले निर्वाचन आयोगले पनि समानुपातिकको गणना सकिएपछि मात्र वसन्तलाई प्रमाणपत्र दिनू भन्यो ।

चुनाव जितेर पनि विजयी भएको प्रमाणपत्रबाट वञ्चित गरिएका नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङलाई निर्वाचन आयोगले विजयीको सूचीबाट पनि हटायो । पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाएका थिए ।

यता समानुपातिकतर्फको सबै मतगणना मङ्गलवार रातिसम्म सकिँदा वसन्तको विजय कायमै रहेको छ । समानुपातिकको बाकसमा भेटिएका मतमध्ये २६ मत रुखमा र २५ मत सूर्यमा पाइएको छ । वसन्तको विजयको अन्तर भने ४७ बाट घटेर ४६ मा झरेको छ ।

पाँचथरको प्रदेशसभाका भने दुवै सीटमा गठबन्धनबाट नेकपा एस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया

One thought on “समानुपातिकमा सिला खोज्दा पनि भीष्म हारे, वसन्तको जित उल्ट्याउने प्रयास असफल

  1. काँग्रेस त देश लुटन बनेको पार्टी पो हो त ।चुनावमा पनि लुटने उपाए नै खोज्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर