अवैध लागू औषधसहित झापाको मेचीनगरबाट भारतीय नागरिक पक्राउ – Nepal Press

अवैध लागू औषधसहित झापाको मेचीनगरबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *