भूमिहीन सुकुमबासी संगठनको चेतावनी- वैकल्पिक व्यवस्था नगरी सुकुमबासीमाथि बल प्रयोग नगर

२०७९ मंसिर १३ गते १३:५०

काठमाडौं । नेपाल भूमिहीन सुकुमबासी संगठनले अव्यवस्थित बसोबासीमाथि बल प्रयोग नगर्न चेतावनी दिएको छ ।
संगठनकी अध्यक्ष शान्ता चौधरीले एक विज्ञप्ति जारी गर्दै व्यवस्थित र वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गर्नू गैर कानूनी भएको बताएकी छन् ।
राज्य आतंकलाई तत्काल रोकेर थापाथली लगायत नदी किनारमा रहेका भूमिहीनहरूलाई तत्काल कानूनी रूपमा व्यवस्थित गर्न पनि संगठन माग गरेको छ ।
बल प्रयोग गरी गरिबहरूलाई उठीबास गर्न खोजिए त्यसबाट सिर्जना हुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने पनि संगठनले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर