कोरोना बीमा भुक्तानी लिन शिखर इन्स्योरेन्सले २६ सय जनालाई बोलायो – Nepal Press

कोरोना बीमा भुक्तानी लिन शिखर इन्स्योरेन्सले २६ सय जनालाई बोलायो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६ सय ३५ जनालाई कोरोना बीमा भुक्तानीका लागि दाबी भुक्तानी लिन बोलाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै मंसिर १३ गतेदेखि कम्पनीको प्रधान कार्यालय थापाथली र देशभरको शाखा कार्यालयहरुबाट दाबी भुक्तानीको व्यवस्था मिलाइएको जनाएको छ।

कम्पनीले पीसीआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी सुरु गरिएको जानकारी दिएको छ।

कम्पनीका अनुसार दाबी भुक्तानी पाउन ५ हजार २० वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्ता‌मध्ये २ हजार ६३५ दाबीकर्तालाई वितरण गर्न लागिएको हो । शिखरले अरु बीमा बीमितको हकमा भने फेरि सरकारको निर्णअनुसार नै जानकारी गराइने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर