आहा रारा गोल्डकपको नाम फेरियो, अब पोखरा गोल्डकप बनाइने – Nepal Press

आहा रारा गोल्डकपको नाम फेरियो, अब पोखरा गोल्डकप बनाइने

पोखरा । फुटबलको मोफसल प्रतियोगितामा परिचित आहा रारा गोल्डकप अब २२ औं संस्करणबाट पोखरा गोल्डकपका रुपमा खेलाइने भएको छ ।

आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नयाँ सम्झौतामा हस्ताक्षर गर्दै नाम फेरिने जनाएका छन् । आगामी संस्करण डिसेम्बरमा हुँदैछ ।

सो संस्करणबाट प्रतियोगिताको नाम आहा रारा गोल्डकपबाट आहा रारा पोखरा गोल्डकप राखिने भएको हो । सहारा र हिमश्रीले २०८९ साल सम्म प्रतियोगिता सञ्चालनका लागि लागि कुल २७ लाख रुपैयाँ सहयोग गर्ने पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर