विश्वकपः लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा – Nepal Press

विश्वकपः लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

काठमाडौं । क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टेडियम नाइन सेभन फोरमा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

सुरुआतदेखिनै स्विजरल्यान्डमाथि दवाव सृजना गरेको ब्राजिलले गोल गर्ने अवसर पाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेको थिएन ।

खेलको ६६औं मिनेटमा भिनिसियस जुनियरको गोलले मान्यता नपाउँदा ब्राजिल अग्रता लिन चुकेको थियो ।

क्यासिमिरोले ८३औं मिनेटमा गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

यसअघि विश्वकपमा ब्राजिल र स्विट्जरल्यान्ड दुर्य पटक आमने सामने भएका थिए । जहाँ सन् १९५० को खेल २–२ गोलको बराबरी भएको थियो । भने, २०१८ मा १–१ को बराबरीमा सकिएको थियो ।

लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको ब्राजिलले अन्तिम खेलमा शुक्रबार अफ्रिकन टिम क्यामरुनको सामना गर्नेछ । पहिलो खेलमा क्यामरुनलाई हराएको स्विजरल्यान्डलाई प्रि–क्वार्टरफाइनल सम्भाना बचाई राख्न अन्तिम खेलमा सर्बियालाई हराउनै पर्ने दवाव रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *