कफिनमाथि बालेनको फोटोमा जुत्ताको माला लगाइदिएर जाग्राम सुकुम्बासी बस्ती (भिडिओ) – Nepal Press

कफिनमाथि बालेनको फोटोमा जुत्ताको माला लगाइदिएर जाग्राम सुकुम्बासी बस्ती (भिडिओ)

काठमाडौं । दिनभर तनावग्रस्त बनेको थापाथलिस्थित सुकुम्बासी बस्ती रातभर पनि जाग्राम बसिरहेको छ । करिब १५ सय हाराहारीलाई खाना बनाइरहेका बस्तीका मान्छेहरु अँध्यारोको मौका छोपेर महानगर डोजर लिएर आउला कि भनेर प्रतिकार गर्न हातहतियारसहित पूर्ण तयारी अवस्थामा बसिरहेका छन् ।

दिउँसो झडप भएको मुख्य चोक सुनसान छ भने चोकमा रहेको प्रहरी वृत्तमा ताला लगाइएको छ । सुकुम्बासी बस्ती दिउँसो हिंसात्मक आन्दोलनमा उत्रिएपछि वृत्तबाट बाहिरिएका प्रहरीहरु राति पनि वृत्तमा नआएका हुन् ।

भिडिओ:

वृत्त रहेको बस्तीको मुख्य चोकमा बालेन टायर बालिएको छ । धूवाँ पुतपुताइरहेको चोकमा काठमाडौं महानगरका मेयर बालेन शाहको ब्ल्याक एण्ड ह्वाइट फोटोलाई जुत्ताको माला लगाएर कफिनमाथि राखिएको छ भने मान्छेहरु बस्तीको गाडी छिर्न सक्ने तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा रहेका छन् ।

बस्तीका पूर्वअध्यक्ष चन्द्र बहादुर लामा यदि बस्तीलाई असर गर्ने नियतले कोही बस्तीभित्र छिरिहालेमा पूर्णरुपमा प्रतिकारमा उत्रिने बताउँछन् । उनले नेपाल प्रेसलाई भने, ‘बालेन शाहको फोटोलाई मात्रै अहिले कफिनमा राखेका छौं । यदि हामीलाई असर गर्ने प्रयास कतैबाट भयो भने त्यसको रिजल्ट राम्रो आउनेवाला छैन । हामी सख्त प्रतिकारमा उत्रन्छौं ।’


प्रतिक्रिया

One thought on “कफिनमाथि बालेनको फोटोमा जुत्ताको माला लगाइदिएर जाग्राम सुकुम्बासी बस्ती (भिडिओ)

  1. सरकार छ भने यस्ता सुकुम्वासीको नामका हुकुमवासीलाई तुरून्त तह लगाउ । अन्यथा काठमाडौंका सबै खाली ठाउँमा देशभरका मान्छेलाई अटेसम्म बस्न देउ । फुटपाथमा मात्र होईन सडकमा पनि व्यापार गर्न देउ किनकी मान्छेक‍ो रोजगारी महत्वपूर्ण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *