मेयर बालेनलाई खुलेआम ज्यान मार्ने धम्की (भिडिओ) – Nepal Press

मेयर बालेनलाई खुलेआम ज्यान मार्ने धम्की (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मार्ने धम्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयले ढुंगामुढासहित प्रतिकार गरेका थिए ।

त्यस क्रममा आक्रोशित स्थानीयहरुले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी एसपी पाण्डेसहित डेढ दर्जन बढी प्रहरीहरु घाइते भएको महानगरले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा टिकटक भिडिओ शेयर गर्दै आफूलाई ज्यान मार्ने धम्की आएकोबारे देशमा केन्द्रीय सरकार छ कि छैन भनि प्रश्न गरेका छन् ।

भिडिओमा एक जना पुरुषले बालेनको ज्यान खतरामा हुन्छ अब भनेका छन् । ‘बालेन साहको ज्यान अब खतरामा हुन्छ, मर्न पनि हामी ज्यान नै दिन्छौं, सके त्यसलाई पनि मार्छौैं हामीले ।’

बालेनले सो भिडिओ शेयर आतंकवादको संज्ञा दिँदै लेखेका छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?’

 


प्रतिक्रिया

One thought on “मेयर बालेनलाई खुलेआम ज्यान मार्ने धम्की (भिडिओ)

  1. तुरून्त पक्रेर वेल हाल यसलाई । हेर्दै थाहा हुन्छ यी कब्जा गर्ने सुकुम्वासी होईनन यी डनहरू हुन् । यिनलाई कानूनको कठघरामा ल्याउनै पर्छ । हुन त यो ठगबन्धन पनि यस्तै डनहरूले भरिएको झुण्ड हो । यि बाट आस गर्नु बेकार छ । जनताका झन दुखका दिन आउने भए अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *