विश्वकपः दक्षिण कोरियालाई हराउँदै घानाको पहिलो जित – Nepal Press

विश्वकपः दक्षिण कोरियालाई हराउँदै घानाको पहिलो जित

काठमाडौं । दक्षिण कोरियालाई ३–२ गोलको नतिजमा पराजित गर्दै घानाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एच’ मा पहिलो जित निकालेको छ ।

एजुकेसन पार्क रंगशालामा सम्पन्न खेलमा घानालाई जित दिलाउन मोहमेद कुडुसले दुई गोल र माहमेद सालिसुले एक गोल गरे । दक्षिण कोरियाका चो गुवी सुङले दुई गोल गरे ।

खेलको २४औं मिनेटमा सालिसुको गोलमा अग्रता लिएको घानाले ३४औं मिनेटमा कुडुसले गाल गरेसँगै अग्रता दोब्बर पारेको थियो ।

पहिलो हाफमा दुई गोलले पछि परेको कोरियाका सुङले ५८औं मिनेटमा पहिलो गोल फर्काएका थिए । त्यसको तीन मिनेट नबित्दै सुङले दोस्रो गोल गर्दै खेल २–२ को स्थितिमा ल्याएका थिए ।

तर, ६८औं मिनेटमा कुडुसले गोल गरेसँगै घानाले दक्षिण कोरियामाथि ३–२ गोलको रोमाञ्चक जित सुनिश्चित गरेको थियो ।

पहिलो खेलमा पोर्चुगलसँग ३–२ गोलको नतिजमा पराजित भएको घानाले जितसँगै प्रि–क्वार्टरफाइनलमा प्रवेश सम्भावना जिवितै राखेको छ । घानाले अन्तिम खेलमा उरुग्वेसँग खेल्नेछ ।

हारसँगै दक्षिण कोरियाको अन्तिम १६ सम्भावना जटिल भएको छ । पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा पोर्चुगलको समना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *