महानगर भन्छ- अनधिकृत संरचना हटाउन खोज्दा प्रहरीमाथि सांघातिक आक्रमण, डेढ दर्जन घाइते
तीनजनाको आईसीयूमा उपचार


काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना भत्काउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण हुँदा डेढ दर्जन प्रहरी घाइते भएका जनाएको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । अधिकार सम्पन्न वागमती सभ्यात एकीकृत विकास समितिको अनुरोधमा थापाथलीस्थित वागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन गएको महानगर प्रहरीका प्रमुख राजु पाण्डेसहित १८ जना प्रहरीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।
जसमा नगर प्रहरी सर्मिला बोगटीलाई शरीर बन्धकमा लिई गम्भीररुपमा घाइते बनाएकाले उनीसहित तीनजनाको आईसीयूमा उपचार भइरहेको प्रवक्ता मानन्धरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एकीकृत विसका समितिबाट पटकपटक सार्वजनिक सूचना जारी गरी सम्बन्धिन स्थानीय प्रशासनसँग समेत समन्वय र पत्राचार भएपनि महानगर प्रहरीमाथि आक्रमण हुनु दुःखद भएको विज्ञप्तिमा भनिएको छ ।
घटनामा संलग्नलाई नामै किटान गरेर कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिइएको महानगरले जनाएको छ । संलग्नलाई हदैसम्मको कारवाहीको पनि माग गरिएको छ ।
आज दिउँसो महानगरले सुकुम्बासी बस्तीमा डोजर लगाउन खोज्दा स्थानीयले घरेलु हतियारसहित ढुंगामुढा गरेका थिए ।
विज्ञप्तिः