सुनसरी ४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

२०७९ मंसिर १२ गते १९:२२

विराटनगर । सुनसरी ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ । मतगणना सुचारु गर्न भन्दै आयोगले पत्र पठाएको सुनसरीका मुख्य निर्वाचन अधिकारी अर्जुन अधिकारीले नेपाल प्रेसलाई बताए ।
सुनसरी ४ मा मतगणनामा धाँधली भएको भन्दै कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः गणनाको माग राखेपछि ४८ घण्टादेखि यहाँ गणना रोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर