विरोध खतिवडालाई हराएका एमालेका सांसद महेश बर्तौला पनि गाँजालाई वैधानिकता दिने पक्षमा (भिडिओ) – Nepal Press

विरोध खतिवडालाई हराएका एमालेका सांसद महेश बर्तौला पनि गाँजालाई वैधानिकता दिने पक्षमा (भिडिओ)

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद महेशकुमार बर्तौलाले गाँजा खेतीलाई वैधानिक बनाउने विषयलाई प्राथमिकताको साथमा सांसद बैठकमा उठान गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि आज हेटौँडामा निर्वाचनको आयोगको प्रमाणपत्र ग्रहण गरेपछि नेपाल प्रेसँग कुरा गर्दै बर्तौलाले गाँजालाई कसरी वैधानिक र व्यवसायिक बनाउने भन्ने विषयमा आफूले अध्ययन गरेको र सो विषयलाई महत्वको साथमा लिएको बताए ।

गाँजालाई संयुक्त राष्ट्र संघले औषधिजन्य बुटीको रुपमा लिएको अवस्थामा अब गाँजालाई कसरी व्यवस्थापन गर्ने भन्ने अध्ययन गर्न जरुरी रहेको बताए । गाँजा मकवानपुरसहित राष्ट्रिय चासोको विषय भएको भन्दै उनले राष्ट्रको अर्थतन्त्रलाई सुधार गर्न समेत गाँजालाई उपयोग गर्न सकिने बताए । गाँजालाई कसरी वैधानिक बनाउँदै नेपालको अर्थतन्त्रलाई टेवा दिने भन्ने विषय अति महत्वपूर्ण विषय रहेको बताउँदै बर्तौलाले गाँजा खेतीको सबाललाई आफूले महत्वको साथ सदनमा लैजाँदै बताए ।

मकवानपुरमा हजारौ युवाहरु गाँजा ओसारपसारको कारण जेलमा रहेको बताउँदै उनले उनीहरुलाई कानून निर्माण गरेर सहजिकरण गर्ने र गाँजालाई कसरी व्यवसायिक तथा वैधानिक बनाउनपर्ने भन्ने विषयको अध्ययन जरुरी रहेको उल्लेख गरे ।
गाँजालाई व्यवसायिक बनाएर रोजगारीको सृजना गर्न सकिने उल्लेख गर्दै बर्तौलाले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिने गाजाको विषय अब राष्ट्रिय विषय बन्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर