सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : मन्त्री भुसाल


काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मन्त्री भुसालले असन्तुष्टि जनाएकी हुन् ।
उनले सामाजिक फेसबुकमा लेखेकी छन्, ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ ।’
सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
महानगरले बस्तीमा डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो। सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका थिए ।
उनीहरुले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकारको तयारीस्वरुप लाठी, ढुंगा घरेलु हतिायरसहित तयार बसेका छन् ।
दोहोरो झडपमा परेका काठमाडौं महानगरको एसपी राजु पाण्डेसहित केही घाइते समेत भएका छन् ।
हुकुम्वासीहरूलाई जोगाउने हो भने उपत्यकाका सबै खाली ठाउँमा देशभरकालाई ल्याएर कब्जा जमाउन देउ ।