बाजुरा हत्याकाण्डका दोषीलाई सरकारले संरक्षण गरेको अखिलको आरोप, संघर्षका कार्यक्रम घोषणा – Nepal Press

बाजुरा हत्याकाण्डका दोषीलाई सरकारले संरक्षण गरेको अखिलको आरोप, संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । अनेरास्ववियुले निर्वाचनको दिन बाजुरा घटनाको दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। अनेरास्ववियुका महासचिव समिक बडालले एक विज्ञप्ति जारी गर्दै संर्घका कार्यक्रम सार्वजनिक गरेका हुन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरी सत्ता गठबन्धनका अराजक गुन्डाहरूले सोही दिन राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष क. चेतन ऐडीको बीभत्स हत्या गरिएको घटनाप्रति अनेरास्ववियुले मंसिर ५ गते नै विज्ञप्ति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको सर्वविदित नै छ ।’

सरकारले चेतन ऐडीको हत्यामा संलग्नहरूलाई कारबाही गर्नुको साटो सत्ताको दुरुपयोग गरी अपराधीहरूलाई संरक्षण गरेको आरोप लगाएका छन्।

अपराधीलाई कारबाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्ष लगायतका नेताहरूलाई गिरफ्तार गरी झुटो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले प्रहरी र सरकारले नियोजित रूपमा नै अपराधीहरूलाई संरक्षण गरेको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर