जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न एमाले तयार छ : सुवास नेम्बाङ – Nepal Press

जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न एमाले तयार छ : सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले जनताको जनादेशअनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सबै दलहरुसँग छलफल गर्ने र आवश्यकताअनुसार जुनसुकै भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले निषेधको राजनीति पराजित भएको र दलहरु मिलेर काम गर भन्ने जनताको स्पष्ट सन्देश रहेको जिकिर गरे । एमालेलाई सरकारमा जान हतारो नरहेको र जनताको जनादेश बमोजिम अघि बढौं भन्ने मान्यता रहेको उनको भनाइ छ ।

नेम्वाङले जनताले दिएको जनादेशका आधारमा दलहरु अघि बढे देश सही दिशातर्फ जाने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर