समानुपातिकमा माओवादीले रास्वपालाई उछिन्यो, जनमतलाई पछ्याउँदै नेकपा एस – Nepal Press

समानुपातिकमा माओवादीले रास्वपालाई उछिन्यो, जनमतलाई पछ्याउँदै नेकपा एस

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ।

१० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो।

नेकपा एमाले २५ लाख ३९ हजार ५८६ मतसहित अग्रता कायमै गर्दा २४ लाख ३ हजार ६३६ मत ल्याएको कांग्रेस दोस्रो स्थानमा छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ७५८, छैटौँ स्थानमा रहेको जसपाले ३ लाख ३० हजार ३३४ र सातौँ स्थानमा रहेको जनमत पार्टी २ लाख ६६ हजार ११५ मत ल्याएको छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी २ लाख ५३ हजार ३७० मत ल्याएको छ। जनमत पार्टी थ्रेसहोल्ड कटाउँदा नेकपा एसलाई हम्मेहम्मे पर्ने देखिएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६४, लोसपाले १ लाख २७ हजार ९४४ मत ल्याएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर