बिर्तामोडमा एओजी राइड सम्पन्न


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिवार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनरस् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।
तीस जना राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न भए ।
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे ।
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ ।
राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भने, ‘टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्स्लाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौं ।’
जगदम्बा मोटर्सले नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर छन् ।