मनमुटाव बिर्संदै रविलाई दाइ हरिशरणले दिए शुभकामना – Nepal Press

मनमुटाव बिर्संदै रविलाई दाइ हरिशरणले दिए शुभकामना

काठमाडौं । चितवन २ बाट सांसद निर्वाचित भएदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई धेरैले बधाई दिइरहेका छन् । उनको सहोदर दाजु हरिशरण लामिछानेले पनि आज सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिए ।

रविले राजनीतिमा प्रवेश गरेर चुनाव लड्ने घोषणा गर्दा हरिशरण सन्तुष्ट थिएनन् । उनले रविका विषयमा दिएका विभिन्न अन्तर्वार्ताहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए । उनी आफैं काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठ्ने घोषणासमेत गरेका थिए । तर, पछि निर्णयबाट ब्याक भए ।

तर, अहिले भाइको जीतप्रति हरिशरणले खुशी व्यक्त गर्दै शुभकामना दिएका हुन् । उनले लेखेका छन्, ‘यसपटकको चुनावमा प्राप्त जनमतको उच्च मूल्यांकन गर्दै आगामी चुनौतीको सामना गर्ने साहस र शक्ति मिलोस् । उत्तरोत्तर प्रगतिको यही छ शुभकामना भाइ ।’

हरिशरणले देश र जनताको सेवामा अझै अब्बल साबित हुन पनि शुभेच्छा प्रकट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर