धनुषा ४ : महेन्द्र यादव र रघुवीरको मतान्तर ६०२ – Nepal Press

धनुषा ४ : महेन्द्र यादव र रघुवीरको मतान्तर ६०२

धनुषा । धनुषा ४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादवले अहिलेसम्म २६ हजार ९१४ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमाले सचिव रघुवीर महासेठले २६३१२ मत ल्याएका छन् ।

दुईजनाबीचको मतान्तर ६०२ छ ।

दुईजना नै पदाधिकारी लेभलको नेता भएकाले यहाँ हेभिवेट प्रतिस्पर्धा छ । यादव कांग्रेसका सहमहामन्त्री हुन् । मधेसमा गणना बाँकी यही एक क्षेत्र भएकाले धनुषा ४ प्रतीक्षा र चासोको क्षेत्र बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर