सुनसरी १ मा एमाले-जसपा गठबन्धनको क्लिनस्वीप – Nepal Press

सुनसरी १ मा एमाले-जसपा गठबन्धनको क्लिनस्वीप

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा एमाले-जसपा गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभामा जसपा नेता अशोक राईले निर्वाचन जित्दा प्रदेशका दुवै सीटमा एमाले उम्मेदवार विजयी बने ।

यसपटक सुनसरी १ (१) मा एमालेका रमेश बस्नेत विजयी भए । उनले नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई पराजित गरे । बस्नेतले १११०२ मत ल्याउँदा थापाले ९७५२ पाए । यी दुईजना ससुराज्वाइँसमेत हुन् ।

प्रदेश सभा १ (२) मा एमालेका विजय राई निर्वाचित भएका छन् । उनले १२५६५ मत ल्याउँदा निकटतम प्रतिद्धन्दी राप्रपाका अनिश ढकालले ७४८२ मत ल्याए । कांग्रेसका बागी रोहित सुब्बा ६८३९ मत पाएर तेस्रो बने ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका रेवतीरमण राईले ४९८८ मत पाए । रेवती र विजयबीच पनि पारिवारिक नाता छ ।

२०७४ मा सुनसरीमा सुनसरीको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै गरी तीनवटै सीटमा जितेर एमालेले क्लिनस्वीप गरेको थियो । त्यसताका एमालेका जयकुमार राईले ४४ हजार मत ल्याएर जितेका थिए भने अशोकले करिब आधा २२ हजार ल्याएका थिए ।

प्रदेशसभा क्षेत्र १ बाट प्रदीप भण्डारी र २ बाट भीम आचार्य विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर