समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी – Nepal Press

समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

सीके राउतको जनमत अघि बढ्दा एसले अढाई लाख कटाउन सकेन

काठमाडौं । प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातिको जारी छ । आइतबार बिहान ६:५० बजेसम्मको अपडेट अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग एमाले अहिले एक लाख ३१ हजार ९ सय ९७ मतले अगाडि छ । आइतबार साँझको तुलनामा एमालेले कांग्रेससँगको मतान्तर अझ फराकिलो पारेको छ ।

हालसम्म एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । २३ लाख ८७ हजार ३१९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच तेस्रोका लागि प्रतिस्पर्धा जारी छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ५९ हजार ३२२ मत प्राप्त गर्दा माओवादी १० लाख ५२ हजार ७८८ मत ल्याएर पछ्याइरहेको छ । यी दुईबीचको मतान्तर करिब ७ हजारको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार २५० मतका साथ पाँचौं र ३ लाख १९ हजार ४१९ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार १७ ल्याउँदा नेकपा एसले २ लाख ४८ हजार ८४९ मत पाएर सातौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर