विश्वकपः स्पेन र जर्मनीले अंक बाँडे – Nepal Press

विश्वकपः स्पेन र जर्मनीले अंक बाँडे

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ई’ को खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बायट रंगशालामा सम्पन्न खेलमा स्पेनसँग बराबरी खेलेसँगै जर्मनले प्रि– क्वर्टरफाइनल सम्भावना जिवितै राखेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सब्सिट्युट खेलाडी एलभारो मोराटाले ६२औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । मोराटा ५४औं मिनेटमा फरान टोरेसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अग्रता बचाउन नसक्दा ८३औं मिनेटमा निक्लास फुलक्रुगले बराबरी गोल फर्काउँदै जर्मनीलाई हारबाट जोगाए ।

पहिलो खेलमा जापानसँग २–१ गोलको नतिजमा पराजित भएको जर्मनीले अन्तिम १६ मा स्थान बनाउन आगमी खेलमा कोस्टारिकालाई पराजित गर्नुपर्ने दवाव रहेको छ ।

स्पेनले पहिलो खेलमा कास्टारिकालाई ७–० गोलको नतिजामा पराजित गरेको थियो । बराबरीसँगै दुई खेलबाट ४ अंक जोडेको स्पेन शिर्ष स्थानमा छ ।
अन्तिम खेलमा स्पेनले जापनको सामना गर्नेछ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *