कांग्रेसका महेन्द्रको अग्रता रोक्दै एमाले सचिव रघुवीर अघि बढे, मिथिलाका १० वडाको गन्न बाँकी – Nepal Press

कांग्रेसका महेन्द्रको अग्रता रोक्दै एमाले सचिव रघुवीर अघि बढे, मिथिलाका १० वडाको गन्न बाँकी

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ मतगणनाको अन्तिमतिर आउँदा झिनो मतले अघि बढेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग फराकिलो अन्तरमा पछि परेका महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३५ मतले अघि बढेका छन् ।

हालसम्म भएको मतगणनामा महासेठले २४ हजार ४८२ मत ल्याएका छन् । यादवले भने २४ हजार ४४८ मत ल्याएका छन् ।

अब मिथिला नगरपालिकाका १० वटा वडाको मतगणना बाँकी छ। अब मिथिला नगरपालिकाका १० वडाका १९ हजार ९०१ मत गन्न बाँकी रहेको छ । मिथिला नगरपालिका एमालेको बलियो जनमत रहेको क्षेत्रका रुपमा मानिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर