मानव बेचबिखन नियन्त्रणका लागि तीनै तहका सरकारमा बेग्लै समिति आवश्यक – Nepal Press

मानव बेचबिखन नियन्त्रणका लागि तीनै तहका सरकारमा बेग्लै समिति आवश्यक

काठमाडौं । मानव बेचबिखन न्यूनीकरणका लागि तीनै तहको सरकारमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी समिति गठन गरिनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

शक्ति समूह र नेपाल सरकारको आयोजना तथा एकप्याटको सहयोगमा आइतबार आयोजित मानव बेचबिखन न्यूनीकरणका लागि सीमा पार हुने मानव बेचबिखनको सवालमा परामर्श गोष्ठीले यस्तो सुझाव दिएको हो ।

सो छलफलका क्रममा अन्तर्देशीय संगठित अपराधविरुद्धको महासन्धिको मानव बेचबिखनविरुद्ध आलेख पार्लेमो प्रोटोकललाई घरेलुकरण गरिनुपर्ने सुझाव आयोजक शक्ति समूहले जनाएको छ । साथै बेचबिखन प्रभावितहरूलाई पुनर्स्थापनाका लागि स्थानीय सरकारले अभिभावकत्व दिनुपर्ने सुझाव आएको छ ।

शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको अध्यक्षतामा भएको छलफलमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली,काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल,प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख दानबहादुर मल्ल लगायत सहभागी थिए ।

भेलामा सरोकारवालाले बेचबिखनविरुद्धको कानून कार्यान्वयनका व्यवहारिक जटिलताबारे सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर