दोलखाका १० मतदान केन्द्र कब्जा भएको निष्कर्ष, पुनः मतदान हुने निर्णय – Nepal Press

दोलखाका १० मतदान केन्द्र कब्जा भएको निष्कर्ष, पुनः मतदान हुने निर्णय

काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने निर्णय गरेको छ ।

आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको लागि आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष पेश गरेका छन् ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको छ ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर