विश्वकपमा कोस्टारिकाको पहिलो जित, जापान १–० ले हार्यो – Nepal Press

विश्वकपमा कोस्टारिकाको पहिलो जित, जापान १–० ले हार्यो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह‘ई’ मा जापानलाई १–० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे ।

पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलको ८१औं मिनेटमा फुलेरले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए ।
त्यसपछि जापानले बराबरी गोल गर्ने थुपै्र अवसर पाएपनि त्यसलाई सदुपयोग गर्ननसक्दा कोस्टारिकाले पहिलो जित निकाल्दै तालिकामा तीन अंक जोड्यो ।
यसअघिका चार भेटमा कोस्टारिकासँग नहारेको जापना पहिलो पटक पराजित भएको हो ।
पहिलो खेलमा जर्मनीलाई २–१ गोलको नतिजमा पराजित गरेको जापान कोस्टारिकालाई हराउँदै अन्तिम १६ पुग्ने लक्ष्यमा थियो ।
पहिलो खेलमा कोस्टारिका स्पेनसँग ७–० गोलको नतिजामा पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा जापानले स्पनसँग् प्रतिस्पर्धा गर्नेछ भने, कोस्टारिकाले जर्मनीको सामना गर्नेछ ।
आज १२ः४५ बजे हुने समूह ‘ई’ को खेलमा जर्मनी र स्पेन भिड्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *