वैदेशिक रोजगारमा रहेकाले यसरी दिन सक्छन् आइपिओमा आवेदन


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने व्यवस्था सिडिएस एण्ड क्लियरिङ लिमिटेडले गरेको छ ।
सीडीएस एन्ड क्लियरिङले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको प्रणालीमा रेमिट्यान्स खाताको सीआरएन नम्बर प्रवृष्टि गर्ने व्यवस्था लागू गरेको हो । सिआरएन नम्बरलाई अनिवार्य गरिएको छ । सीआरएन नम्बर लिइसकेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरमार्फत नै आइपीओमा आवेदन दिन सक्ने सीडीएसीले जानकारी गराएको छ ।
अब नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको आइपीओमा आवेदन दिनका लागि रेमिट्यान्स खाता उल्लेख गरी दर्ता गरिएको सीआरएन नम्बर लिनुपर्नेछ ।
केही समयअघि सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई आइपीओमा १० प्रतिशत आरक्षण पाउने व्यवस्था गरेको थियो ।