जसपा राष्ट्रिय दल बन्ने निश्चित, जनमतलाई उछिनेर अघि बढ्यो नेकपा एस – Nepal Press

जसपा राष्ट्रिय दल बन्ने निश्चित, जनमतलाई उछिनेर अघि बढ्यो नेकपा एस

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ३ लाख मत कटाएको छ । ८७ लाख ७४ हजार ६६१ मत गणना हुँदा जसपाले ३ लाख ४४९ मत ल्याएर राष्ट्रिय पार्टी बन्ने निश्चित बनेको हो ।

पछिल्लो मतपरिणमअनुसार नेकपा एमालेले २४ लाख १३ हजार २२२ मत ल्याएर पहिलो कायमै छ। दोस्रोमा रहेका कांग्रेसले २२ लाख ९४ हजार ९८३ मत ल्याएको छ।

माओवादीको १० लाख ५ हजार ६७९, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार ५२२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार ९११, नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३५ हजार ३७५ मत ल्याएको छ।

यस्तै, जनमत पार्टीले २ लाख ३४ हजार १२७, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ हजार २२ हजार ५५७ ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर