एमाले सचिव रघुवीरले घटाए कांग्रेस सहमहामन्त्री यादवसँगको मतान्तर – Nepal Press

एमाले सचिव रघुवीरले घटाए कांग्रेस सहमहामन्त्री यादवसँगको मतान्तर

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस सहमहामन्त्री महेन्द्र यादव आइतबार बिहानसम्म १ हजार बढी मतले अग्रता लिएका थिए । तर, बटेश्वर गाउँपालिकाको चारवटा वडाको गणना गर्दा महासेठले मतान्तर ४५८ मा झारेका छन् ।

केहीबेरअघिको अपडेटअनुसार मतगणना रिपोर्टअनुसार अहिले यादवले २२ हजार ५६५ मत ल्याउँदा महासेठको २३ हजार १०७ मत पाएका छन् ।

अब बटेश्वर गाउँपालिका- ५ नम्बर र मिथिला नगरपालिकाको १० वटा वडा गणना गर्न बाँकी छ । यो वडामा आफूहरूले लिड गर्ने एमालेको दाबी छ ।

मधेश प्रदेशका ३२ प्रतिनिधिसभा क्षेत्रमध्ये ३१ वटाको परिणाम आइसकेको छ । त्यसैले पनि धनुषा ४ सबैको प्रतीक्षा बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर