एक्लै अघि बढ्ने जनादेश जनताले दिएनन्, सबै दल मिल्नुको विकल्प छैन : सुवास नेम्वाङ – Nepal Press

एक्लै अघि बढ्ने जनादेश जनताले दिएनन्, सबै दल मिल्नुको विकल्प छैन : सुवास नेम्वाङ

'चुनावपछि एमाले भेटिँदैन भन्नेहरूलाई जनताले जवाफ दिए'

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले लोकतन्त्रमा स्वच्छ निर्वाचनमा भाग लिनु नै जायज भएको बताएका छन्।

इलाम १ बाट निर्वाचित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले ३१ राजनीतिक दलको सहमति जुटाएर जनताको चाहना र भावनालाई कदर गरेर संविधान बनाएको दाबी गरे।

उनले भने, ‘निर्वाचनअघि एमाले चुनावपछि भेटिँदैन भन्नेहरू पनि थिए। तर, अहिले लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी हो। जनताको निर्णय भनेको कसैलाई एक्लै होइन। सबै दलहरू मिलेर छलफल गर भनेका अघि बढ्न जनताको आदेश छ। यो आदेशअनुसार अघि बढ्नका लागि जनताको जनादेश छ।’

धर्म निरपेक्षता, समावेशीकता र समाजवाद उन्मुख संविधान एमालेले जारी गरेको बताए।

संविधानलाई संशोधन गरेर चुच्चे नक्सा ल्याएको उनको भनाइ छ।

निर्वाचनमा भाग हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *