लुम्बिनीमा एमाले पहिलो दल, कसले बनाउला बहुमतको सरकार ? – Nepal Press

लुम्बिनीमा एमाले पहिलो दल, कसले बनाउला बहुमतको सरकार ?

रुपन्देही । मंसिर ४ मा भएको निर्वाचनबाट लुम्बिनी प्रदेशमा कुनै पनि दलको बहुमत आएन । प्रत्यक्षतर्फको मत परिणामअनुसार सत्ता गठबन्धन र एमाले-जसपा-राप्रपा गठबन्धनको पनि स्पष्ट बहुमत पुगेन । प्रदेशसभाको प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये कसैको स्पष्ट बहुमत नआएपछि कसले बहुमत पुर्‍याएर प्रदेश सरकार बनाउँछ भन्ने कौतहुल बढेको छ ।

यहाँ प्रत्यक्षतर्फको परिणामले नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले १८ सीट जितेको छ । २०७४ सालमा एमालेले प्रत्यक्षतर्फ २७ सीट जितेको थियो । त्यसवेला ७ सीटमात्रै जितेको नेपाली कांग्रेसले यसपटक गठबन्धनको बलमा १७ क्षेत्र जितेको छ । तर, गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र यसअघि १४ सीट जितेकोमा अहिले ५ सीटमा खुम्चिएर तेस्रो बनेको छ ।

यहाँ ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् । यद्यपि उनीहरुमध्ये तीनैजना माओवादीबाट टिकट नपाएकाहरु हुन् । यसपटक लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् । जनमोर्चा र नेकपा एकीकृत समाजवादी भने समानुपातिकबाट प्रदेशसभा प्रवेश गर्ने समय कुरेर बसेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले २-२ सीट जितेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीले एक सीट जितेको छ ।

अघिल्लो प्रदेशसभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुनेछ ।

८७ सदस्यीय प्रदेशसभामा ३५ जना समानुपातिकबाट आउनेछन् । अहिलेसम्मको मत परिणामअनुसार एमाले नै पहिलो हुने देखिएको छ ।

को को कहाँबाट विजयी ?

नेकपा एमाले

१) लीला गिरी – रुपन्देही २ (१)
२) भोजप्रसाद श्रेष्ठ – रुपन्देही २ (२)
३) तुल्सीप्रसाद चौधरी – रुपन्देही ३ (२)
४) भूमिश्वर ढकाल – रुपन्देही ५ (१)
५) चिन्तामणि पाण्डे – गुल्मी १ (१)
६) डिल्लीराज भुसाल – गुल्मी २ (१)
७) दिनेश पन्थी – गुल्मी २ (२)
८) राजुप्रसाद श्रेष्ठ – पाल्पा १ (१)
९) खेमबहादुर सारु – पाल्पा १ (२)
१०) चेतनारायण आचार्य – अर्घाखाँची १ (२)
११) रामजीप्रसाद घिमिरे – अर्घाखाँची १ (२)
१२) विष्णु पन्थी – कपिलवस्तु १ (१)
१३) मधुशरणप्रसाद चौधरी – कपिलवस्तु १ (२)
१४) नवराज लामिछाने – कपिलवस्तु २ (१)
१५) अर्जुनकुमार केसी – कपिलवस्तु ३ (१)
१६) तुल्सीराम शर्मा – प्युठान १ (१)
१७) दुर्गाप्रसाद चौधरी – बाँके १ (२)
१८) रत्नबहादुर खत्री – बाँके ३ (१)

नेपाली कांग्रेस

१) अब्दुल रज्जाक गद्दी – रुपन्देही १ (२)
२) वसिउद्दिन खाँ – रुपन्देही ४ (२)
३) विश्वप्रेम पाठक – नवलपरासी १ (१)
४) देवकरणप्रसाद कलवार – नवलपरासी १ (२)
५) सुधाकर पाण्डे – कपिलवस्तु २ (२)
६) सरोज थापा (रोज राणा) – प्युठान १ (२)
७) अनुराग खड्का – दाङ १ (२)
८) राजु खनाल – दाङ २ (१)
९) प्रचण्डविक्रम न्यौपाने – दाङ २ (२)
१०) डिल्लीबहादुर चौधरी – दाङ ३ (१)
११) बादशाह कुर्मी – बाँके ३ (२)
१२) धनबहादुर केसी – रुकुमपूर्व १ (२)
१३) भुवनेश्वर चौधरी – बर्दिया १ (१)
१४) जन्मजय तिमिल्सेना – बर्दिया २ (१)
१५) वीरबहादुर राना – पाल्पा २ (१)
१६) धनेन्द्र कार्की – गुल्मी १ (२)
१७) बैजनाथ कलवार जैसवाल – नवलपरासी २ (२)

नेकपा माओवादी केन्द्र

१) जोखबहादुर महरा –रोल्पा १ (१)
२) इन्द्रजीत थारु – दाङ १ (१)
३) कृष्णा केसी – बाँके १ (१)
४) तुलाराम घर्ती – पाल्पा २ (२)
५) धनबहादुर मास्की – दाङ ३ (२)

जनता समाजवादी पार्टी

१) भण्डारीलाल यादव – बाँके २ (१)
२) आदेशकुमार अग्रवाल – बाँके २ (२)

लोकतान्त्रिक समाजवादी पार्टी

१) सन्तोष पाण्डे – रुपन्देही ३ (१)
२) कन्हैया बनिया – रुपन्देही ४ (१)

राष्ट्रिय प्रजातन्त्र पार्टी

१) आशिषकुमार चौधरी – रुपन्देही १ (१)
२) जानकीप्रसाद यादव – कपिलवस्तु ३ (२)

नागरिक उन्मुक्ति पार्टी

१) राजकुमार चौधरी – बर्दिया १ (२)
२) धर्मबहादुर चौधरी – बर्दिया २ (२)

जनमत पार्टी

१) चन्द्रकेश गुप्ता – रुपन्देही ५ (२)

स्वतन्त्र

१) दीपेन्द्र पुन – रोल्पा १ (२)
२) सरुल पुन – रुकुमपूर्व १ (१)
३) खड्ग बस्नेत – नवलपरासी २ (२)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर