एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढ्दा कर्जा लगानी कति पुग्यो ? – Nepal Press

एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढ्दा कर्जा लगानी कति पुग्यो ?

काठमाडौं । एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढेको छ । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म निक्षेप १०.४४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा देखिएको छ ।

साउन मसान्तसम्म यस बैंकको निक्षेप ३ खर्ब ५ अर्ब १३ करोड रुपैया रहेकोमा भदौमा बढेर ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको थियो । तर असोजमा भने बैंकको निक्षेप केही घटेर ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ कायम भयो । कात्तिकमा पनि निक्षेप घटेको देखिन्छ ।

कात्तिकमा ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन भएको बैंकर्स संघको तथ्यांकमा छ । असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँलाई आधार मान्दा भने कात्तिकसम्ममा १० प्रतिशतले निक्षेप बढेको हो । तर असोजको तुलनामा कात्तिकमा भने २.७६ प्रतिशतले निक्षेप घटेको हो ।

यता कर्जा प्रवाह पनि असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म २.१९ प्रतिशतले बढेको देखिन्छ । यद्यपि असोजको तुलनामा भने कात्तिकमा २।१९ प्रतिशतले कर्जा घटेको छ ।

हाल यस बैंकको कात्तिकसम्ममा २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ लगानीमा रहेको देखिन्छ । साउनमा २ खर्ब ६५ अर्ब ५९ करोड रुपैयाँ कुल कर्जा प्रवाहमा रहेकोमा भदौमा आइपुग्दा २ खर्ब ७१ अर्ब ३२ करोड रुपैयाँ कर्जा विस्तार भयो ।

यस्तै असोजमा आइपुग्दा २ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको देखिन्छ । कात्तिकमा २ खर्ब ७० अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर