सुनसरी १ मा कडा टक्कर, अशोकले झिनो मतले घण्टीलाई उछिने – Nepal Press

सुनसरी १ मा कडा टक्कर, अशोकले झिनो मतले घण्टीलाई उछिने

काठमाडौं । सुनसरी १ मा जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार एमाले-जसपा गठबन्धनका उम्मेदवार राईले अग्रता लिएका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुरूवातदेखि नै लिड गरेकी थिइन् ।

राईले १३ हजार ८०१ मत ल्याएर लिड गर्दा गोमाको १३ हजार ७९७ मत छ । राई ४ मतले मात्र अगाडि छन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्साहाङ मेन्येङ्बोले १० हजार ६८४ मत ल्याएर तेस्रो स्थानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर