घोडाघोडी नगरको जाँड पार्टीमा लफडा, प्रशासकीय अधिकृतसँग विवादपछि वडाध्यक्षले टेबल फुटाए (भिडिओ) – Nepal Press

घोडाघोडी नगरको जाँड पार्टीमा लफडा, प्रशासकीय अधिकृतसँग विवादपछि वडाध्यक्षले टेबल फुटाए (भिडिओ)

कैलाली । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दीपक आचार्यको सरकारी क्वार्टरमा गरिएको जाँड पार्टीमा लफडा भएको छ ।

घोडाघोडीका मेयर खडक रावत, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरी पनि पार्टीमा सहभागी थिए ।

क्वाटर नजिकै रहेको होटल माछा घरमा रहेका मेयरसहितका वडाध्यक्षसँग बसेर मदिरा सेवन गरेका अधिकृत आचार्य र १ का वडाध्यक्ष ओझाबीच त्यहीँ विवाद सुरू भएको थियो ।

`कि तपाईं बस्नुस् कि म बस्छु भनेर त्यहीँ वडाअध्यक्षले भन्नू भएको थियो´ सँगै रहेका एकजनाले भने, `त्यसपछि हाकिम सा’प जानुभयो ।´

होटलपछि आवासमा पुगेर पुन: खानपिनका लागि आग्रह गर्दै आचार्यले सबैलाई बोलाएको बताइएको छ । त्यहाँ हाकिम र १ का अध्यक्षले बियर, मेयर र ७ का अध्यक्षले भोड्का खाएको बताइएको छ । अन्य २ अध्यक्षले भने मदिरा सेवन गरेनन् ।

फेरि हाकिम र १ का अध्यक्षबीच घोचपेच चलेको थियो । पुराना बखेडा झिकेपछि प्रशासकीय अधिकृत आचार्यले अध्यक्षलाई अपशब्द बोलेको र सबैले सम्झाउँदा नमानेको बताइएको छ ।

`अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनुभयो र टेबलमा खुट्टा बजार्नुभयो । त्यसपछि टेबल फुट्यो´, सँगै रहेका एकजनाले नेपाल प्रेसलाई सुनाए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साँझैबाट मदिरामा लठ्ठ रहेको बताए । पार्टी चल्नुभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृत इप्रका सुखडमा पुगेको बताइएको छ । गेटमा पुगेका उनलाई प्रहरी जवानले सम्झाएर फर्काएका थिए ।

मेयर रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए । आफूले चित्त नबुझेका केही कुरा मेयरलाई सोधेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । उनले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बाहिर ल्याउने जानकारी दिए ।


प्रतिक्रिया

One thought on “घोडाघोडी नगरको जाँड पार्टीमा लफडा, प्रशासकीय अधिकृतसँग विवादपछि वडाध्यक्षले टेबल फुटाए (भिडिओ)

  1. साह्रै राम्रो बाहुन पण्डित पुरोहित ले जाड रक्सी पाटी गर्न थाले अझै गर्दै जानू अब हामी छोड्छौ र सुध्रन्छौ अब तिमीहरुको बिग्रने पालो

Leave a Reply to Bishwaraj Rai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर