पहिलो खेलमा पराजित भएर पुनरागमन गरेको अर्जेन्टिनाको यस्तो छ अगाडि बढ्न सक्ने समिकरण – Nepal Press

पहिलो खेलमा पराजित भएर पुनरागमन गरेको अर्जेन्टिनाको यस्तो छ अगाडि बढ्न सक्ने समिकरण

दोहा– साउदी अरबसँग ऐतिहासिक हार ब्यहोरेर संकटमा परेको अर्जेन्टिनाले शनिबार राती मेक्सिकोलाई हराएर कतार विश्वकपमा समुहगत चरण पार गर्ने सम्भावना कायमै राख्यो। अब अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डसँग खेल्ने छ। अर्जेन्टिनालाई अगाडि बढ्ने सम्भावना कायम राख्न उक्त खेल कम्तिमा बराबरी खेल्नुपर्ने छ।

त्यो खेल जितेको अवस्थामा अर्जेन्टिना प्रिक्वाटरफाइनल पुग्ने छ। तर समूह विजेता की उपविजेता भन्ने चाहीँ साउदी अरब र मेक्सिकोबीचको खेलले तय गर्ने छ। उक्त खेल साउदी अरबले जितेको अवस्थामा गोलअन्तरका आधारमा समूह विजेता र उपविजेता तय हुने छ।

तर साउदी अरब बराबरीमा रोकिएको अवस्थामा भने अर्जेन्टिना समूह विजेता बन्ने पक्का हुने छ। पोल्यान्डसँग बराबरी खेलेको अवस्थामा पनि अर्जेन्टिना अगाडि बढ्न सक्ने छ। त्यसका लागि साउदी अरबले मेक्सिकोसँग बराबरी खेल्नुपर्ने छ। त्यो अवस्थामा अर्जेन्टिना समूह उपविजेता बनेर प्रिक्वार्टरफाइनल पुग्ने छ। समूहमा दुई खेलपछि पोल्यान्डको चार तथा साउदी अरब र अर्जेन्टिनाको तीन तीन अंक छ। मेक्सिकोको एक अंक मात्र छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *