प्रदेशसभामा २७४ क्षेत्रको नतिजा आउँदा ९१ मा कांग्रेस र ७७ मा एमाले – Nepal Press

प्रदेशसभामा २७४ क्षेत्रको नतिजा आउँदा ९१ मा कांग्रेस र ७७ मा एमाले

काठमाडौं । प्रदेश सभाको प्रत्यक्षतर्फ अहिलेसम्म २७४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा धेरै ९१ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस निर्वाचित भएको छ भने दोस्रोमा नेकपा एमाले ७७ वटा निर्वाचन क्षेत्रमा निर्वाचित भएको छ । नेकपा (माओवादी केन्द्र) भने ४१ निर्वाचन क्षेत्रमा मात्रै निर्वाचित भएको छ ।

यस्तै राप्रपा १० निर्वाचन क्षेत्रमा निर्वाचित हुँदा मधेश प्रदेशका मात्रै ७ वटा निर्वाचन क्षेत्रमा जनमत पार्टी निर्वाचित भएको छ । १२ निर्वाचन क्षेत्रमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ९ निर्वाचन क्षेत्रमा निर्वाचित हुदाँ ७ वटा मधेश प्रदेशका र दुई वटा लुम्बिनी प्रदेशका निर्वाचन क्षेत्रमा निर्वाचित भएका हुन् ।

यस्तै १० वटा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी, नेपाल निर्वाचित हुदाँ मधेश प्रदेशका ८ वटा र लुम्बिनी प्रदेशका २ वटा निर्वाचन क्षेत्रमा निर्वाचित भएको हो । नेकपा ९एकीकृत समाजवादी०ले ९ वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ती पार्टीले ५ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । जसमा सुदूरपश्चिमका ३ वटा निर्वाचन क्षेत्र रहेका छन् भने २ वटा निर्वाचन क्षेत्र लुम्बनी प्रदेशका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर