सुनसरी १ मा घण्टीको अग्रता कायमै, अशोक राई पछ्याउँदै – Nepal Press

सुनसरी १ मा घण्टीको अग्रता कायमै, अशोक राई पछ्याउँदै

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायमै रहेको छ । धरान उप महानगरको मतगणना सकिएपनि तामाङले अग्रता कायमै राखेकी हुन् ।

उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका मुक्साहांग मेन्यांवोले ९ हजार ९०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोज मेन्यांवोले ६ हजार ७२८ मत पाएका छन् ।

को हुन् गोमा ?

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिने तामाङ केही समय अघि वैदेशिक रोजगारीबाट फर्किएकी थिइन् । उनी इजरायल बसेर आएकी हुन् । सर्लाही जन्मिएपनि उनले धरानलाई कर्म क्षेत्र बनाउँदै आएकी छन् ।

इजरायलमा हुँदा आपतविपद्म परेकाहरुको उद्धारमा काम गर्ने गरेकी गोमा नेपालमा समस्यामा परेका नागरिकको सेवामा समेत लागेकी थिइन् । विदेशमा रहेका व्यक्तिहरुसँग डोनेसन संकलन गरेर उनले नेपालमा सहयोग जुटाउने गरेको दावी गर्ने गर्छिन ।

धरानमा भने स्थानीय तहको निर्वाचको केही समय अघिबाट मात्रै सामाजिक काममा देखिन थालेकी हुन् । उनी प्रतिनधि सभाको निर्वाचनमा धरानका मेयर हर्क साम्पाङको समूहबाट उम्मेदवार बन्न चाहन्थिन् ।

तर सो समूहबाट तर्क मगर उम्मेदवार भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी हुन् । उनी यौनिक तथा अल्पसंख्य हुन् । उनले धरानकै एक महिलासँग विवाह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *