झलनाथ खनालले गरे मतगणना बहिस्कार, इलाम १ मा पुनः मतदानको माग – Nepal Press

झलनाथ खनालले गरे मतगणना बहिस्कार, इलाम १ मा पुनः मतदानको माग

इलाम । काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् ।

उनले धाँधली भएको भन्दै इलाम १ मा पुनः मतदानको माग गरेका छन् । यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताए ।

खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको उनले बताए । खनाल एमालेका महेश बस्नेतसँग करिब ३ हजार मतले पछि परेका छन् ।

उनको आफ्नै नगरपालिकामा गणना जारी हुँदा पनि निरन्तर पछि परेपछि पुनः मतदानको माग गरेका हुन् ।


प्रतिक्रिया

One thought on “झलनाथ खनालले गरे मतगणना बहिस्कार, इलाम १ मा पुनः मतदानको माग

  1. विलेशी दलालका मतियार पदलोलुपहरू । हार्ने भएपछि लाज बचाउन बहिस्कारको नाटक गर्दैछन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर