हिउँ चितुवाको तस्बिर नक्कली भएको समाचार आएपछि कितियाले गरिन् सामाजिक सञ्जाल निष्क्रिय – Nepal Press

हिउँ चितुवाको तस्बिर नक्कली भएको समाचार आएपछि कितियाले गरिन् सामाजिक सञ्जाल निष्क्रिय

काठमाडाैं । नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको दुर्लभ हिउँ चितुवाको तस्बिर नक्कली भएको पुष्टि भएसँगै अमेरिकी कितिया पावलोव्स्कीले आफ्नो सामाजिक सञ्जाल निष्क्रिय गरेकी छिन।

समाचार प्रकाशित भएको केही घण्टामा नै कितियाले आफ्नो फेसबुक र ईन्स्टाग्राम अकाउन्ट दुवै निष्क्रिय गरेकी हुन।

विश्व चर्चित मानिएको ‘अल्पाइन म्यागाजिन’ ले अनुसन्धानपश्चात् शुक्रवार उक्त तस्बिरहरू नक्कली भएको समाचार प्रकाशित गरेको थियो।

म्यागाजिनले अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ भने उनको ईन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरूको जोडजाड भएकोसमेत उल्लेख गरेको छ।

नेपाल आएर कितियाले खिचेको भनिएको हिउँ चितुवाको तीन दुर्लभ तस्बिरहरूले पोष्ट भएको केही समय देखि नै सामाजिक सञ्जाल तताएको थियो।

उनको कला र समर्पणको खुबै तारिफ भएको थियो। तर अनुसन्धानको क्रममा भने कितियाले खिचेको सो तस्बिर नक्कली भएको पुष्टि भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर