एमाले छाडेर गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल गणना नसकिँदै पराजित – Nepal Press

एमाले छाडेर गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल गणना नसकिँदै पराजित

रुपन्देही । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्न पुगेका नेता घनश्याम भुसाल रुपन्देही १ मा पराजित भएका छन् ।

गठबन्धनको साझा उम्मेदवार बनेका भुसालको पराजय निश्चित भइसकेको छ भने मतगणना नसिकिँदै एमालेका कार्यकर्ताले विजय जुलुस निकाली सकेका छन् । सो क्षेत्रमा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका पार्टी सचिव छविलाल विश्वकर्मा गन्न बाँकी मतभन्दा बढीको अग्रतामा छन् ।

भुसाल आफ्नै पूर्व सहकर्मी छविलालभन्दा ५ हजार बढी मतले पछि परेका छन् ।

यसअघि क्षेत्र नम्बर ३ बाट चुनाव जितेका भुसाल सो क्षेत्रमा राप्रपालाई एमालेले छाड्ने भएपछि क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहन्थे । तर पार्टीले पहिले सोही क्षेत्रबाट जितेका दलित नेता विश्वकर्मालाई नै उम्मेदवार बनाउने भएपछि भुसाल पार्टी छाडेर बाहिरिएका थिए ।


प्रतिक्रिया

One thought on “एमाले छाडेर गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल गणना नसकिँदै पराजित

  1. धमिराहरुको हवगत जे हुनु थियो त्यही भयो । एमालेलाई धुलो चटाउन लागेका धमिराहरु आफैं हिलो पिउन पुगे । हेर अझै पनि केपिको क्रेज कुत्ता हो । खोक्रा आदर्सले मुलुक चल्दैन भिजन पनि हुनु पर्यो खाते हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर